About Us

डोनेट फर नेपाल मुनाफा रहित जनहितकारी सामाजिक संस्था हो । स्वदेश तथा विदेशमा रहेर मानवसेवामा समर्पित व्यक्ति, संघ संस्थाहरुको सहयोग कुनै पनि नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले आर्थिक अभावकै कारण अकालमा ज्यान गुमाउन नपरोस् भन्ने हेतुले मानवकल्याण तथा समाजसेवामा समर्पित भई मानिसको बाँच्न पाउने अधिकारको सुनिश्चतताको लागि विविध कार्यहरु गर्ने यो संस्थाको मुल उदेश्य रहेको छ । सुरुवाती समयदेखिनै विभिन्न खालका प्राकृतिक प्रकोपहरु बाढी, पहिरो भुकम्प जस्ता विपदको बेलामा विविध श्रोत र साधनहरु जुटाई आपतकालीन राहत वितरण तथा पीडितहरुको सहयोग गर्ने, गराउने जस्ता कार्यमा विभिन्न सरकारी, अर्धसरकारी निकायहरु तथा संघ संस्थाहरुसँग मिलेर कार्यहरु गर्दै आइरहेको छ।


विभिन्न खालका रोगव्याधी तथा महामारीले पीडित बालबालिकाको स्वास्थ्य, शिक्षा तथा खानाको लागि सहयोग कार्यक्रम गर्ने, दिगो खाद्य उत्पादन तथा जिविकोपार्जनका लागि विविध कार्यक्रमहरु सञ्चालन गरी समग्र देशलाई नै गरिबी उन्मुलनमा सहयोग गर्ने खालका विकासमूलक कार्यक्रमहरु सञ्चालन गर्ने र सम्पूर्ण मानव समुदायको समग्र विकासको लागि विविध सामाजिक, धार्मिक तथा सेवामूलक कार्यहरु गर्ने, गराउने साथै टुहुरा, अनाथ, असहाय तथा आर्थिक–सामाजिक रुपमा विपन्न बालबालिका, महिला तथा वृद्ध वृद्धाहरुको समग्र विकासको लागि मानव सेवा आश्रम, बालगृह तथा अनाथालय, वृद्धाश्रम सञ्चालन गरी सो सम्बन्धी विविध कार्यहरु यस संस्थाले गर्दै आइरहेको छ । यस संस्थाले अनाथ, असहाय, गरिब, दलित तथा सडकपेटीमा वेवारिसे बस्ने, हिड्ने र भुकम्प लगायत कुनैपनि प्रकोपमा परी अभिभावक गुमाएका बालबालिकाहरुको लागि आवास सहितको संरक्षण केन्द्रको स्थापना गरी निजहरुको शिक्षा तथा स्वास्थ्यको लागि पहल गर्दै जुनसुकै समुदायका गरिब तथा शिक्षाको उज्यालो घामबाट बञ्चित महिला तथा बालबालिकाहरुको लागि निःशुल्क शिक्षाको लागि विविध कार्यक्रमहरु गराउदै आएको छ ।

स्वदेशी तथा विदेशी विभिन्न व्यक्ति, संघसंस्थासँग समन्वय गरी गरिब, दलित तथा अभिभावक विहिन बालबालिकाहरुलाई आवश्यक छात्रवृत्ति प्रदान गर्ने । HIV AIDS तथा यस्तै अन्य दिर्घरोगबाट पीडित व्यक्तिहरुलाई सहयोग तथा उनिहरुको बालबालिकाहरुको पालनपोषण तथा शैक्षिक क्रियाकलापहरुमा सहयोग गर्ने र गराउने । स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम, प्रचार प्रसार गर्ने, गराउने । कर्णाली तथा पिछडिएको भेगका बालबालिका, महिला तथा युवाहरुको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई जस्ता कार्यक्रमहरु सञ्चालन गरी विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्ने यस संस्थाको उद्देश्य रहेको छ ।

यस संस्थाले नेपालको कानूनले दिएसम्म गैह्र नाफामूलक सामाजिक संस्थाले गर्नमिल्ने अन्य सम्पूर्ण कार्यहरु गर्ने, गराउने र समान उद्देश्य भएका संघसंस्थाहरु नेपाल सरकार तथा अन्य ग्रैह्र सरकारी संघसंस्था एवं स्थानीय निकायसँग समन्वय गरी कार्य गर्दै आइरहेको छ ।